परिचय

Health Office Tanahun Buildingनेपालको राजधानी काठमाडौ देखी ११० कि.मि. पश्चिम तर्फ, गण्डकी प्रदेशको राजधानी पोखरा देखी १७ कि.मि. पूर्व तर्फ मध्य पहाडी क्षेत्रमा पर्ने सुन्दर जिल्लाको रुपमा तनहुँलाई मानिन्छ । मर्याङ्दी(शितप्रभा),मादी(माहिन्द्री गंगा), सेती (शुपर्णभा), कालीगण्डकी(कृष्ण गण्डकी), दरौदी (विश्वधरा) र त्रिशुली(कर्मधरा) नदीहरुले सिंचित यस जिल्लाको क्षेत्रफल १५६४ वर्ग कि.मि. रहेको छ। जिल्लाको सवैभन्दा होचो स्थान देवघाट (२१७) मि. र अग्लो स्थान छिम्केश्वरी पहाड (२१३४) मि. सम्म यस जिल्ला फैलिएर रहेको छ। कालीगण्डकी नदी र त्रिशुली नदीको संगम देवघाट धाम यस जिल्लाको मात्र नभई देश तथा विदेशमा समेत प्रसिद्ध रहेको छ । यसका साथै तनहुँ जिल्लामा छाब्दी वाराही मन्दिर, ढोरवाराही मन्दिर, आधिमुल, ब्यास ऋषिको जन्मस्थल ब्यास गुफा, पाञ्चायन मन्दिर, पराशर आश्रम, वसन्तपुर थानीथान मन्दिर, शुक्लागण्डकी च्वयनधाम धाम, श्रृगऋषिको आश्रम, तिनखोले मन्दिर, अकला मन्दिर, छिम्केश्वरी माईको मन्दिर, वाराही मन्दीर, लगायत विभिन्न मन्दिर तथा धार्मिक क्षेत्रहरु रहेका छन् ।  स्थलको रुपमा प्रसिद्ध । दमौली बजार यसको सदरमुकाम हो । नेपालको साबिकको पश्चिमान्चल बिकास क्षेत्र अन्तर्गत गण्डकी अन्चलको दक्षिण पुर्बमा अबस्थित तनहुँ जिल्ला संघिय संरचना अन्तरगत गण्डकी प्रदेशका ११ जिल्ला मध्ये दक्षिण पूर्वमा रहेको छ । दक्षिणमा चुरे क्षेत्र संग सिमाना जोडिएको यस जिल्ला मुलत महाभारत श्रृङखला र मध्य पहाडीमा रहेको छ । पृथ्वि राजमार्ग, गोरखा लमजुङ पाल्पा जोड्ने राजमार्ग तथा सडकहरु यस जिल्लाका प्रमुख सडकहरु हुन् । यस जिल्ला विश्व मानचित्रमा ८३°७५ देखि ८४°३४ पुर्बो देशान्तर २७°३ देखि २८°०५ उत्तरी अंक्षाम्समा फैलिएको छ । संघिय संरचनावाट तनहुँ जिल्लामा ६ वटा गाउँपालिका र ४ वटा नगरपालिकाहरुको गठन भएको छ । जिल्लाको सदरमुकाम दमौली वजार ब्यास नगरपालिकामा रहेको छ । साथै जिल्लाको प्रमुख ब्यापारिक केन्द्रका रुपमा दुलेगौडा वजार, भिमाद वजार, डुम्रे वजार, आवुखैरेनी वजार, खैरेनीटार वजार रहेका छन् भने यसका साथै तुरतुरे वजार, वाईसजाँगर, कालीमाटी, थर्पु, जामुने, वन्दीपुर, देवघाट, मानपुर लयायतका विभिन्न वजारकेन्द्रहरु समेत रहेका छन् ।